गौरीशंकर आधारभूत बिद्यालयमा नवनिर्मित तीन कोठे पक्की भवनको उद्घाटन





प्रकाशबहादुर बोहरा
अत्तरिया, १३ असोज- जिल्लाको कञ्चनपुर कृष्णपुरमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ। कञ्चनपुरको कृष्णपुर वडा नं. ७ कलुवापुरमा अवस्थित गौरीशंकर आधारभूत विद्यालयको आज एक कार्यक्रमका बिच नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको हो ।
आर्थिक बर्ष २०७७।०७८ मा कृष्णपुर नगरपालिका र विल्ड अन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित ३ कोठे पक्की भवनको समुद्घाटन आज कृष्णपुर नगरपालिकाका नगर प्रमुख कणर् बहादुर हमालले गरेका हुन् । बिद्यालयलाई नवनिर्मित ३ कोठे पक्की भवन र २ कोठे पक्की शौचालय हस्तान्तरण समेत गरिएको छ ।


उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदम दमाईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख कणर् बहादुर हमाल रहेका थिए ।


कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिका नगर प्रमुख हमालले “शिक्षाका सबै क्षेत्रहरु चुस्त दुरुस्त पारेर अगाडी बढाउनु पर्ने, बालबालिकाहरुको नैसर्गिक विकास गर्नुपर्ने, संघसंस्थाको आर्थिक सहयोगमा कामकार्यलाई अगाडी बढाउनु पर्छ भन्ने मान्यताका साथ हामीहरुले बिल्ड अन नेपाल संगको सहकार्यमा उक्त भवनको निर्माण कार्य सम्पन्न गरेको हौ” उनले भने ।
अभैm पनि धेरै जसो विद्यालयहरु खुला आकास मुनि बसेर पढन बाध्य भएको, कक्षा कोठाको अभावमा धेरै संख्या एउटै कक्षामा पढ्नु पर्ने बाध्यतालाई निकास दिनको लागि हामी यस बर्ष पनि बिल्ड अन नेपाल संगको सहकार्यमा अभैm धरै विद्यालयहरुका भवन निर्माण कार्य गर्ने नगर प्रमुख हमालले बताए ।

कृष्णपुर नगरपालिका संग रहेका ३३ वटा समुदायिक विद्यालयका भौतिक पुर्वाधार निर्माण गरि सकेका छौ, खुलकुद मैदान निर्माण गरिसकेको, फर्निचरको व्यवस्थापन, पुस्तकालयको व्यवस्थापनका साथै विशेष गरी शिक्षा क्षेत्रमा आवश्यक पर्ने सवै वातावरण कायम गरेको समेत उनले बताए । १० बर्षे शिक्षाका योजनामा निर्माण गर्दै शिक्षा क्षेत्रलाई अगाडी बढाउदै जाने बताउँदै शिक्षा सबैका लागि अनिवार्य हुनुपर्ने र हाम्रो गाउठाउँ निर्माण, समाज, सम्भ्यता निर्माण, संस्कृती निर्माण, शिक्षालाई सबैका सामु पुर्याउन सकेपछि मात्र देशको बिकास पनि हुने नगरप्रमुख हमालले बताए ।
विद्यालयको निर्माण कार्य बैशाख २० गते बाट सुरु गरिएकोमा कोरोनाका कारण निर्माण कार्यमा केही समय लाग्न गएको थियो । यस भवन निर्माणका लागि कृष्णपुर नगरपालिकाले १० लाख लगाएको र बिल्ड अन नेपालले फर्निचर सहित भवन निर्माणका लागि २६ लाख लगानी लगाएको हो ।
उक्त भवन विल्ड अन नेपालले एलओकनर र एन स्टुडबेकर प्रतिष्ठानद्वारा ती बालबालिकाहरुमा समर्मित छ, जसको शिक्षाले कार्कीकटानको सगर्व कार्कीकटान, नेपाल समुदायद्वारा निर्मित भनेर समर्पित गरिएको व्यानर समेत लगाइएको छ ।
त्यसैगरी उक्त कार्यक्रममा विशिष्ठ अतिथी बिल्ड अन नेपालका निर्देशक निर्मला चौधरी, बिल्ड अन नेपालका बोर्ड मेम्बर यज्ञराज चौधरी, कृष्णपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कमल सिंह भट्ट लगायतको उपस्थिति रहेको थियो ।



