आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस

काठमाडौं- स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन् ।

काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए । ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन् ।
साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए ।

Navadurga sun
Godawari sandesh

दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो । थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए । योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए ।

Dadeldhura hospital

‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’ ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल द्यौरालीमा’, आजै र राति के देखेँ सपना’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’,​ ‘पोखिएर घामको झुल्का’ र ‘तिमीले भनेका सारा देव छोएर’ लगायत उनका गीत लोकप्रिय छन् । उनले तारादेवी, अरुणा लामा, दिलमाया खाती, मीरा राणा, ज्ञानु राणा, कमला श्रेष्ठ र भारतीय गायिका आशा भोसलेसँग केही युगल गीत गाए ।

आधुनिक गीतका साथै उनी पार्श्वगायनमा समेत रुचाइएका गायक हुन् । परिवर्तन, सिन्दुर, बदलिँदो आकाश, लाहुरे, चोट, चिनो र दक्षिणालगायत चलचित्रमा उनको आवाज सुन्न सकिन्छ ।

कुशल स‌गीतकारसमेत रहेका नारायणगोपालले भक्तराज आचार्य, फत्तेमान र अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका थिए। उनको संगीतमा लोचन भट्टराईले र रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित छ । यो गीत शुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि भट्टराई र ढकालले स्वर दिए ।

उनले गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाए। उनको निधन २०४७ मंसिर १९ गते भयो । उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो । दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे । पेमलाको निधन २०६१ असार १६ गते भयो ।

Loading...