नवजीवन अस्पतालमा मृत्यु भएकी मल्लको न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रर्दशन

धनगढी, १२ असाेज– धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना मल्लका लागि न्यायको माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । मुख्यमन्त्री कार्यालय अगाडि सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले प्रर्दशन गरेका हुन्।

Dadeldhura hospital

‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दाबाद’, ‘दोसिलाई कारबाही गर’ लगायत नारासहित प्रदर्शन गरेका थिए ।उनीहरुले नवजिवन अस्पताल तथा डाक्टरहरुको लापरबाहीले मल्लको ज्यान गएको मृतकलाई न्याय नदिए अस्पतालमा तालाबन्दी गर्ने समेत विद्यार्थीहरुले चेतावनी दिएका थिए ।

Navadurga sun
Godawari sandesh

शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो।

Loading...