कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन सुरु

कञ्चनपुर- कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको छ । विगत तीन वर्षदेखि मध्यवर्ती क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण बन्द रहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खननको काम पुनः सञ्चालन गरिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत रहेका छ वटा मध्यवर्ती क्षेत्रमा रहेका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरिँदा निकुञ्जमा क्षति पुग्ने भन्दै २०७९ यता नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

नियमविपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन हुने गरेको भन्दै अदालतमा मुद्दा परेपछि उत्खनन बन्द गरिएको थियो तर उत्खनन गर्न पाउनुपर्ने मागसहित स्थानीयले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

अदालतको अन्तरिम आदेशपश्चात् उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्ने पाउने भएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले प्रतिबन्ध हटेसँगै छ वटै मध्यवर्ती उपभोक्ता समितिबाट उत्खननका लागि उपभोक्ताबाट माग सङ्कलनको कार्य भइरहेको बताए ।

Dadeldhura hospital

उनका अनुसार, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ गते बसेको बैठकले उपभोक्ताले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न सम्बन्धित उपभोक्ता समिति अन्तर्गतका उपभोक्ताका माग सम्बोधन गर्ने निर्णय गरेको हो ।

कात्तिक १६ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नियमावली २०५२ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णय तथा अन्य प्रचलित ऐन तथा नियमको परिधिभित्र रही नियमानुसारको राजस्व लिएर सो कार्य गराउन अनुरोधसमेत गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा हाल छ वटा घाटबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढाइएको छ । दोधारा चाँदनी नगरपालिकास्थित हिमालय मध्यवर्ती समूहले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ । हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर सिंहले यहाँस्थित दुई वटा घाटबाट उत्खननका लागि प्रक्रिया अगाडि बढेको बताए ।

नदीजन्य पदार्थ उत्खनन नगरिँदा दोधाराका विभिन्न बस्ती डुबानमा समेत पर्दै आएका थिए । झलारीस्थित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले प्रतिबन्धका कारण तीन वर्षसम्म नदीजन्य पदार्थ उत्खनन नगरिँदा बर्सेनि बस्ती डुबानमा पर्दै आएको बताए तर यस महिनाको अन्तिमदेखि सबै प्रक्रिया पूरा गरेर उपभोक्ताले आवश्यक परेको नदीजन्य पदार्थ उत्खनन गर्न पाउने उनले बताए ।

शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्तर्गतका छ वटा घाटबाट एक लाख २८ हजार छ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सक्ने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए ।

Loading...