बाह्रपन्थी नाथ योगिको कैलाली जिल्ला भेला सम्पन्न




अत्तरिया, ९ असाेज- बाह्रपन्थी नाथ योगिको कैलाली जिल्ला भेला सम्पन्न भएको छ । बाह्रपन्थि नाथ योगि समाजका जेष्ठ सदस्य योगि काली नाथको अध्यक्षतामा आज जिल्ला भेला सम्पन्न भएको हो ।



गाेदावरी नगरपालिका वडा नं. २ मा रहेको सुदुरपश्चिम माध्यमिक बिद्यालयमा भएकाे भेलाबाट बाह्रपन्थी नाथ योगि समाजका केन्द्रिय अध्यक्ष रामनाथ योगि प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथि रहेका योगिले उपस्थिति सम्पुर्णलाई प्रशिक्षण कार्य समेत दिएका थिए ।


उक्त भेलावाट केशव नाथको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा परी नाथ, सचिवमा गणेश नाथ योगी, सह सचिबमा छबिन्द्र नाथ योगी, कोषाध्यक्षमा गोपाल नाथ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पुजा नाथ योगी, शारदा नाथ, कल्पना कु.भारती योगी, डम्मरी गिरी योगी, काली नाथ र यज्ञराज नाथ चयन भएका छन् ।



