मेलौली नगरपालिकाका कार्यालयमा ई–हाजिरी लागू

हरिश चन्द/डडेल्धुरा १८ कार्तिक- बैतडीको मेलौली नगरपालिकाको कार्यालमा ढड्डा हाजिरी हटाएर ई–हाजिरी सुरुवात गरिएको छ । मेलौली नगरपालिकाको कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालय, मातहतका सबै कर्मचारी कार्यालय प्रवेश गर्दा र काम सकेर फर्कँदा हाजिरी गर्न थालेका हुन् ।

Navadurga sun
Godawari sandesh

सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीका लागि ई–हाजिरी लागू गरिएको नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।

Dadeldhura hospital

कर्मचारीहरुले अब ढड्डामा हाजिरी गर्न नपर्ने उहाँको भनाइ छ । अनुशासन र समयको पालना गराउन सुशासनको पाटोलाई थप मजबुत गराउन ई–हाजिर सेवाले बल पुर्याउने आशा गरिएको छ ।

ई–हाजिरीका आधारमा कर्मचारीहरूको तलब निकासा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीको भनाई छ ।

अबको केही समयमा नगरपालिका भरीका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायत सरकारी तथा गैरसरकारी संघसंस्थामा पनि ई–हाजिरी सेवा जडान गर्ने नगरपालिकाको योजना रहेको छ । 

 

 

Loading...