अछामको साँफेबगरमा भीषण आगलागी

अछाम- अछामको साँफेबगरमा शनिबार राति भएको आगलागीबाट सात वटा टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन्।

Dadeldhura hospital

साँफे हाटबजार क्षेत्रमा अचानक लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

उनका अनुसार नजिकैको खोलाबाट कुलो बनाएर पानी ल्याइएका साथै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ। साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भई १० वटा पसल जलेका थिए, जसका कारण यो क्षेत्र उच्च जोखिमयुक्त मानिँदै आएको छ।

Loading...