बिद्यालयहरुमा दिवा खाजा व्यवस्थापनका लागि सप्रोस नेपालद्वारा सामग्री वितरण

अत्तरिया, ८ असोज- कैलालीको गोदावरी नगरपालिका भित्र रहेका ५० वटा बिद्यालयमा सप्रोस नेपालको आयोजना, डब्लुएफपीको सहयोग र नगरपालिकाको समन्वयमा स्थानीय उत्पादनमा आधारित बिद्यालय दिवा खाजा व्यवस्थापनका लागि सामाग्री वितरण कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय उत्पादनमा आधारित बिद्यालय दिवा खाजा व्यवस्थापनका लागि सामाग्री वितरण कार्यक्रम अन्र्तगत गोदावरी क्षेत्रका ५० वटा विद्यालयहरुमा दिवा खाजा व्यवस्थापनका लागि सामग्री वितरण गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उक्त सामाग्री वितरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिह साउदको प्रमुख आथित्यमा भएको कार्यक्रममा नगरपालिका वडा नं. १ का वडा सदस्य कृत बहादुर चन्द वडा नं.२ का वडा सदस्य कमल कडायत, गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख बसन्त खत्री, सुप समावेशी आधारभुत बिद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँद लगायत बिभिन्न बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बोल्दै नगरप्रमुख हरि सिह साउदले दिवा खाजा कार्यक्रमलाई प्रभाव सकारात्मक र उत्साहजनक रुपमा अगाडी बढाउनु अहिले अवस्थामा राम्रो कार्य रहेको बताए । दिवा खाजा खुवाएका विद्यालयमा गरिएको अध्ययन अनुसन्धानमा बालबालिकाको उपस्थिती राम्रो रहेकोे बताए । दिवा खाजा एउटा महत्वपुणर् सुरक्षा कार्यक्रम पनि हो ।

यसले सामाजिकस्तरमा रहेका आधारभुत बिद्यालयमा दिवा खाजा थप मद्दत गर्ने समेत बताएका थिए । कोरोना भाईरस माहामारीका कारण पछिल्लोे समय बिद्यालय बन्द हुदा बिद्यार्थीहरुमा परेको असरलाई यि यस्ता कार्यक्रमबाट बितारै बिद्यालयको सहज वातावरण गर्न मदत पुग्ने समेत नगरप्रमुख साउदले बताएका थिए । पछिल्लो समयमा दिवा खाजा बन्द हुदा बलबालिकाहरुमा एक फरक किसिमको समस्या आएको थिए । हामीले पोषिलो आहारका रुपमा केही बिद्यालयहरुका दिवा खाजाको व्यवस्था गरेको नगरप्रमुख साउदले बताए ।

Loading...