जिल्ला प्रशासन र सरोकारवाला निकायले धनगढीका निजी र सरकारी विद्यालयमा अनुगमन

Dadeldhura hospital

धनगढी, ८ असाेज- धनगढीमा सञ्चालनमा आएका निजी र सरकारी विद्यालयमा अनुगमन गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण घटेपछि सञ्चालनमा आएका धनगढीका विद्यालयमा जिल्ला प्रशासन कार्यालय सहित सरोकारवाला पक्षको टोलीले शुक्रबार अनुगमन गरेको हो।

टोलीले स्मार्ट लकडाउनको कार्यविधि अनुसार विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरे वा नगरेका बारेमा बुझ्ने उद्दश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए। शुक्रबार धनगढीका ऐश्वर्य विद्या निकेतन, ग्यालेक्सी माध्यमिक विद्यालय,पञ्चोदय उच्च माध्यमिक विद्यालय लगायतको विद्यालयहरुमा अनुगमन गरेको सुचना अधिकारी जाेशीले बताए।

Loading...