जनजागृती विद्यालयको दुई वटा भवनको नगर-प्रमुख हमालद्वारा उद्घाटन





अत्तरिया, ८ असोज- कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं.४ दयापुरमा रहेको जनजागृती आधारभूत विद्यालयको ३ कोठे दुई वटा भवन शुक्रबार नगर प्रमुख कणर् बहादुर हमालले एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।


कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख कणर् बहादुर हमालले समाजको परिवर्तनको मेरुदण्ड नै शिक्षा भएकाले शिक्षाको विकासका लागि नगरपालिका लागि पर्ने बताएका छन् । लामो समय यस क्षेत्रका बिद्यार्थीहरुले समस्या झेल्दै आएका दयापुरका गाउँबासीका छोराछोरीले अब घर नजिकैको बिद्यालयमा अध्ययन गर्न सहज भएको नगर प्रमुख हमालले बताए ।



यस बिद्यालयको घेरबारको समस्या देखिएकाले घेरबारका लागि बजेटको ब्यवस्थापन गर्ने समेत बताए । नगरपालिका र बिल्डअन नेपालको सहयोग र समन्वयमा पक्की भवन निर्माण गरेको नगरप्रमुख हमालले बताए । आगामी दिनमा उक्त बिद्यालयलाई गर्नु पर्ने सहयोग मेरो तर्फबाट पूर्ण रुपमा हुने बताएका थिए ।
सो विद्यालय भवन निर्माण लागि समुदाय स्तरबाट ५ लाख बराबरको जनश्रमदान सहयोग र बिल्ड अन नेपालको २४ लाख आर्थिक तथा प्राविधिक सहयोगमा एउटा भवन निर्माणको काम सम्पन्न भएको थियो भने दोस्रो भवनको कार्यमा नगरपालिकाको १० लाख र बिल्ड अन नेपालको २७ लाख समन्वयमा सो विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको बिल्डअन नेपालका फिल्डकोडनेटर सुरेश रानाले बताए ।
त्यसरी निर्माण भएको उक्त विद्यालय भवन र शौचालय बालमैत्री तथा अपाङ्गमैत्री रहेको छ । कक्षा ८ सम्मको पढाइ हुने सो विद्यालयमा हाल ३ सय जना विद्यार्थी रहेका छन् । उक्त बिद्यालयको भवन उद्वघाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे।



