सेती अस्पतालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि




अत्तरिया, ७ असाेज- सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८९ नमूनाको कोरोना परिक्षण गरिएकोमा २२ नमूनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ बताए।



पछिल्लो २४ घण्टामा १ जनाले कोरोना जितेका छन् भने हाल सेतीमा १३ जना कोरोना संक्रमित उपचाररत रहेकाे सूचना अधिकारी श्रेष्ठले बताए ।






