बैतडीमा व्यापारी मृत्यु प्रकरणमा ५ जना प्रहरीको नियन्त्रणमा

अत्तरिया, ७ असाेज– बैतडीमा व्यापारीको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले पाँच जना स्थानीयलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँका व्यापारी कमलसिंह महरा मृत फेला परेपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएकाहरुको नाम भने प्रहरीले खुलाएको छैन।

उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले बताए। सुर्नयाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय महरा आज मृत फेला परेका थिए।

Navadurga sun

मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...