बजेट अभावले गड्डाचौकी–चिसापानी सडक विस्तार प्रभावित, दुर्घटनाको जोखिम बढ्दो

अत्तरिया- सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक खण्डको विस्तार तथा मर्मत बजेट अभावका कारण प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने १२६ किलोमिटर लामो यो सडक खण्डका लागि चालु आर्थिक वर्षमा मात्र रु तीन करोड विनियोजन भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कार्यालयका प्रमुख राजेशकुमार यादवका अनुसार आवश्यक बजेट नहुँदा हालसम्म १२ किलोमिटर मात्रै सडक विस्तार भएको छ भने १२ वटै कल्भर्ट निर्माण गरिएको छ । उनका अनुसार सडक विस्तार तथा मर्मतका लागि वार्षिक कम्तीमा रु १५ करोड आवश्यक पर्छ ।

Navadurga sun

गत वर्ष बाढीले बगाएको वेदकोट नगरपालिकाको पुल पुनर्निर्माण भए पनि त्यसका लागि रु ८० लाख अझै भुक्तानी हुन बाँकी छ।

यद्यपि, सरकारले गड्डाचौकी–अत्तरिया सडक खण्डलाई चार लेनमा स्तरोन्नति गर्न रु २१ अर्ब विनियोजन गर्ने घोषणा गरेको भए पनि आवश्यक अध्ययन, परामर्शदाता नियुक्ति तथा बजेट स्रोत सुनिश्चित नभएको कारण काम सुरु हुन सकेको छैन ।

यता, सडक विस्तारमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरका अनुसार गत वर्ष मात्र गड्डाचौकी–अत्तरिया खण्डमा १२६ सडक दुर्घटना भएका थिए जसमा १४ जनाको मृत्यु र २४१ जना घाइते भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...