गोदावरी प्याब्सनकाे अध्यक्षमा श्याम बहादुर खत्री 

अत्तरिया, ३१ भदौ- निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) गोदावरीको अध्यक्षमा श्याम बहादुर खत्री चयन भएका छन। गोदावरी नगरपालिका वडा नं. ३ मालाखेतीमा रहेको खप्तड विद्या निकेतनका संचालक खत्री प्याब्सनको तेस्रो अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन ।

प्याब्सनको बिहिबार आयोजित तेस्रो अधिवेशनले संस्थाको सचिवमा किड्स जोन एकेडेमीका सञ्चालक मदन जोशी र कोषाध्यक्षमा न्यू जनकल्याण एकेडेमी बास्कोटाका सञ्चालक प्रकाश मल्ललाई चयन गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी संस्थाको सदस्यहरुमा केदारेश्वर इंगलिस बोर्डिङ स्कुलका शिक्षक शुसिल राज उपाध्याय र एम प्रिस्टन इंगलिस बोर्डिङ स्कुलका शिक्षक पुस्कर भट्ट चयन भएका छन ।

देशभरका सम्पुर्ण निजि तथा आवाशिय विद्यालयहरु एकजुट होऔ भन्ने मुल नाराका साथ स्थापित प्याब्सन गोदावरीमा हाल नगरभित्रका २२ वटा विद्यालयहरु सदस्य रहेका छन । उक्त कार्यक्रमको सञ्चालन प्याब्सनका सचिव श्याम बहादुर खत्रीले गरेका थिए ।

यसअघि एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो । प्याब्सन अत्तरियाका अध्यक्ष मान बहादुर चन्दको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगविर थापा रहेका थिए ।

कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रिय सदस्य फणिन्द्र विनाडी, प्याब्सनका सुदूरपश्चिम प्रदेश सल्लाहकार समिति संयोजक दिपक बहादुर चन्द, सुदूरपश्चिम प्रदेशकै सल्लाहकार सदस्यद्धय गिरीराज कडायत र धर्मदेव नौन्याल, प्याब्सनका कैलाली जिल्ला सल्लाहकार योगेन्द्र हमाल, सत्यवती एकेडेमीका सञ्चालक विर बहादुर कडायत लगायत १८ जना शिक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।

Loading...