भब्यताका साथ सम्पन्न भयो गोदावरी पत्रकार मञ्चको प्रथम अधिवेशन

अत्तरिया, ३१ भदौ- सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष हेमराज भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य भरत शाह, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष योगेश राबल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिल बहादुर छत्याल, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, पूर्व अध्यक्ष जगत साउँद, गोदावरी पत्रकार मञ्चका संरक्षक डा. लक्ष्मीराज पाठक र नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद युवा समाजसेवी क्षितिज भण्डारी बिशिष्ट अतिथी रहनु भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख हरि सिं साउँदले पत्रकार पेशा सधैव निष्पक्ष हुनुपर्ने बताए । उनले एक जना पत्रकारले आफ्नो मिडियामा उठान गर्ने बिषयले हरेक जनप्रतिनिधिहरु सचेत रहने बताए । उनले राज्यको चौथो अंगका रुपमा परिभाषित पत्रकारले समाज परिर्वतनमा महत्वपूणर् भूमिका निर्वाह गरिरहेको बताए ।

“राम्रो र नराम्रो बिषयलाई गहन रुपमा अध्ययन गरेर पत्रकारले समाचार लेख्नुपर्छ यदि म गलत भए मेरो बारेमा पनि समाचार लेख्नुहोस, म किन लेख्नुभयो भन्दैन” नगरप्रमुख साउँदले भने- “जे जति मेरा गल्ती कमीकमजोरीहरु पत्रकारहरुले उठान गरिदिनुहुन्छ यसले मलाई नै सहज हुन्छ, मलाई सचेत गराइरहन्छ ।”

अत्तरिया क्षेत्रका पत्रकारहरु एकजुट भएर भरखरै स्थापना भएको गोदावरी पत्रकारको पक्षमा आफू सधैव सकारात्मक रहेको बताउँदै पत्रकार मञ्चका लागि आफु जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताए ।

Dadeldhura hospital

त्यसैगरी कार्यक्रममा बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य भरत शाहले पत्रकारिता जगत त्यति सजिलो नभएको बताए । उनले यस तर्फ थुप्रै चुनौतीहरु रहेकाले पत्रकारिता क्षेत्रमा लागेकाहरुलाई सधैव निष्पक्ष भएर काम गर्न सुझाव दिए । त्यस्तै अर्का बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष योगेश रावलले सुदूरपश्चिमको राजधानीमा रहेको पत्रकाहरु एकताबद्ध भएर अगाडी बढ्न सुझाव दिए ।

उनले अत्तरिया क्षेत्रमा विस्तारै पत्रकारहरु उत्पादन हुँदै गर्दा थोरै संख्यामा रहेका पत्रकारका आफै छुट्टिएर अलग अलग हुदाँ घाटा आफैलाई नै हुने बताए । उनले पत्रकारहरु आफैमा बिभाजन हुँदै गएमा समाजले पनि हेर्ने दृष्टिकोट पनि फरक हुने भएकाले सबै एक जुट भएर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले नेपाल पत्रकार महासंघ सधै कैलाली जिल्लाका पत्रकारहरुको पेशागत हकहितका लागि कटिबद्ध भएर लागिरहेकाले गोदावरी पत्रकार मञ्चलाई गर्नुपर्ने सम्पूणर् सहयोग गर्न तयार रहेको बताए ।

उनले अत्तरिया क्षेत्रमा भरखरै स्थापना भएको गोदावरी पत्रकार मञ्चले आफ्नो सुरुवातमै महत्वपूर्ण कार्यक्रमहरु गरेको भन्दै धन्यवाद सहित शुभकामना दिए ।

कार्यक्रममा गोदावरी पत्रकार मञ्चका संरक्षक डा. लक्ष्मीराज पाठक, नेपाल पत्रकार महांसघका सुदूरपश्चिम सचिब हरि जोशी, बरिष्ठ पत्रकार मनमोहन स्वाँर, नेपाली काग्रेसका नेता एबम् समाजसेवी नृप सुनार, नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष भिम चौधरी, नेपाल फोटो पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष विवेक नागरि, अग्नी मिडियाका संचालक लोकराज पाण्डे आगो, अत्तरियाका पुराना पत्रकार गोपाल सुवेदी, राष्ट्रिय अपाङ महासंघका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँद, महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासी लगायतले आ-आफ्ना मन्तब्यहरु राखेका थिए ।

गोदावरी पत्रकार मञ्चका सदस्य प्रेम बिष्टको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब नरेश नाथ योगीले गरेका थिए ।

Loading...