आज शहीद भीमदत्त पन्तको स्मृति दिवस

साउन १७ अर्थात् शहीद भीमदत्त पन्तको स्मृति दिवस । २०१० साउन १७ गते गोली प्रहार गरी उनको हत्या गरिएको थियो ।

१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए। उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा मार्क्सवादको संगमले उनीभित्र विद्रोही चेतना पलाएको थियो। २००७ सालदेखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए।

उनले नेतृत्व गरेको आन्दोलनले उनलाई भीमदत्त कांग्रेसको संज्ञा दियो। २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उनले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, ‘अब कुनै जाति ठूलो सानो छैन।’

भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गइलेकमा उनलाई गोली प्रहार गरियो। टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतंक सिर्जना गरियो। परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन। अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो।

विसं २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई सहिद घोषणा गरेको थियो।

Loading...