गत आवमा अख्तियारमा साढे २८ हजार उजुरी

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ मा अख्तियार दुरुपोग अनुसन्धान आयोगमा २८ हजार ५९७ उजुरी परेका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका आठ हजार ४२९ उजुरी गरेर कारबाही गर्नुपर्ने उजुरीको सङ्ख्या ३७ हजार २६ रहेको आयोगले जनाएको छ।

वार्षिक समीक्षाका क्रममा आयोगले आयोगमा आएका उजुरीमध्ये सङ्घीय सरकारसँग सम्बन्धित १२ हजार ४७५, प्रदेश सरकारसँग सम्बन्धित चार हजार ६१८ र स्थानीय तहसँग सम्बन्धित १९ हजार ९३३ रहेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आयोगमा उजुरी प्राप्त हुने विभिन्न माध्यममध्ये सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटबाट प्राप्त भएको छ । वेबसाइटबाट १० हजार २४५, लिखित निवेदनबाट १० हजार १८०, इमेलमार्फत आठ हजार ४८८, हुलाक सेवाबाट पाँच हजार ५५५ समेत रहेको छ ।

यसैगरी, टेलिफोन, भाइबर, फेसबुक, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकार समेतबाट दुई हजार ५५८ उजुरी प्राप्त हुन आएको छ । आयोगमा प्राप्त भएका उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ अर्थात् ८०.२२ प्रतिशत उजुरी फर्छ्योट भएको छ । बाँकी सात हजार ३०० उजुरी भने चालु आवमा जिम्मेवारी सरेर आएको छ । प्राप्त उजुरीमध्ये छ हजार ७१५ विभिन्न निकायमा आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ ।

त्यस्तै, ५८६ सुझावसहित कार्यान्वयनका लागि लेखी पठाइएको छ । आयोगले आव ०८१÷८२ मा ८१ वटा बैठक बसी १३७ वटा मुद्दा दायर गर्नेसहित जम्मा एक हजार ४११ वटा निर्णय भएका छन् । विशेष अदालतमा १३७ वटा आरोपपत्र दायर भएकामा कुल ७५३ जनालाई प्रतिवादी बनाई पाँच अर्ब ९७ करोड ७३ लाख आठ हजार ८३८ बिगो मागदाबी लिइएको छ । तीमध्ये घूस रिसवतसँग सम्बन्धित ३७, गैरकानुनी लाभ वा हानिसँग सम्बन्धित ३६, झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी २७, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसँग सम्बन्धित २३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आठ, सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई र विविध विषयका चारवटा छन् । रङ्गेहात कारबाही २२ वटा भएकामा ३३ जना व्यक्ति नियन्त्रणमा लिई उनीहरूबाट ५५ लाख १० हजार रकम बरामद भएको छ ।

आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दामध्ये आव २०८१/८२ मा ३९५ वटा फैसला भएका छन्। तीमध्ये विगत आर्थिक वर्षका २७६ र आर्थिक वर्ष २०८१/८२ का ११९ वटा छन् । विशेष अदालतबाट आव २०८१/८२ का ११९ वटा फैसलामा ६७ दशमलव २३ प्रतिशत मुद्दामा कसुर स्थापित भएको छ । विशेष अदालतबाट पूर्णपाठसहितको प्राप्त फैसलामध्ये आर्थिक वर्ष २०८१/८२ मा सर्वोच्च अदालतमा २५१ वटा पुनरावेदन गरिएको र पाँचवटा मुद्दाउपर पुनरवलोकन गरिएको छ ।

Loading...