अत्तरिया चोक वरपरको सडक ब्यवसायीहरुको दवाबपछि कालोपत्रेको काम सुरु

अत्तरिया, २९ भदाै- सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार कैलालीको अत्तरिया चोक वरपरको सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार सोमबारदेखी सडक कलोपत्रेको काम सुरु भएको हो ।

सडक मर्मत सम्भार गर्ने भन्दै उत्खनन् गरेर पानी पिच गर्दै छोडेको भन्दै अत्तरियामा सम्पूर्ण ब्यवसयाीहरुले निरन्तर दवाव दिन थालेपछि सडक कलोपत्रेको तयारी अगाडी बढाइएको हो । अहिले कालोपत्रेका लागि बेस मिलाउने काम भैरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पहिले नै पानी पिच गरेरको भएपनि लामो समयसम्म कालोपत्रे नगरी त्यत्तिकै छोडिदिदाँ समस्या आएकाले अहिले फेरि बेस मिलाउदै पानी पिच गर्ने काम भैरहेको उनले बताए । ‘पानी पिच भएको एक हप्ता भित्रै कालोपत्रे गरिसक्नुपर्छ तर प्रतिकुल मौसमका बाबजुत काम हुन सकेन’ सुचना अधिकारी जोशीले भने – ‘पानी पिच भएको लामो समय हुदाँ धेरै सवारी साधनहरु गुडेपछि लेभल बिग्रिएकाले अहिले फेरि चारै तिरको बेस मिलाउने काम भैरहेको छ ।’

उनले बेस मिलाउन काम सकिएलगत्तै कालोपत्रेको कामलाई अगाडी बढाइने बताए । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत तोकिएको गोदावरी नगरपालिकाको मुख्य बजारको अबस्था नाजुक हुदाँ लामो समयदेखी यहाँका ब्यापारीका साथै सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् ।

बैशाखमै चोकको मर्मतको काम हुने बताएपनि ढिलो गरि जेठको अन्तिम सातावाट काम सुरु भएको थियो । गत आर्थिक बर्षको असार मसान्तमै मर्मतको काम सक्ने गरी बैशाखको पहिलो साता भुवन निर्माण सेवा प्राली धनगढीसंग ९० लाखमा सम्झौता भएको थियो । सडक मर्मतको समायबधि सकिएर ३ महिना बढी भैसक्दा बाकिँ काम अगाडी बढ्न सकेको थिएन । सडक कालोपत्रेको माग राख्दै अत्तरियाका ब्यबसायीहरुले निरन्तर यहाँका जनप्रतिनिधिहरुका साथै सडक डिभिजनलाई गुहादै आएका थिए ।

गएको शुक्रवार मात्रै अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीले चक्काजाम गरेका थिए भने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा आफै सडक डिभिजन कार्यालय महेन्द्रनगरमा पुगेर डिभिजन प्रमुखलाई ज्ञापन पत्र दिएर आएका थिए । हिउँदमा धुलाम्य र बर्खामा हिलाम्मे सडकका कारण व्यापार, व्यवसाय गर्न असहज हुनुको साथै यात्रा गर्नेहरुलाई समेत गार्हो हुन थालेको भन्दै चाडो भन्दा चाडो सडक कालोपत्रेको माग राख्दै चक्काजाम गर्नुका साथै ज्ञापन पत्र बुझाएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । ढिलै भएपनि सडक कालोपत्रे हुने भएपछि अब भने सहज हुने भएको छ ।

Loading...