सेती राजमार्गको निर्माण तीव्र

अछाम । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती राजमार्गको निर्माण तीव्र रूपमा अघि बढेको छ । नौ वर्षदेखि बन्ने भन्दै चर्चा मात्रै हुँदै आएको तर बन्न नसकेको सेती राजमार्गको निर्माण सुरु भएपछि तीव्रता पाएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन गर्नमा भएको ढिलाइले सेती राजमार्गको दक्षिण खण्डको काम प्रभावित हुँदै आएको थियो ।

Ganyapdhura gau
Dadeldhura hospital

सेती राजमार्ग अन्तर्गत दक्षिणी खण्डको डोटीमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि जेठ २१ गते अनुमति पाएसँगै निर्माणले गति पाएको छ । सेती राजमार्ग अन्तर्गत डोटीको बडीकेदार गाउँपालिकाका चार वटा वडा र बोगटान फुड्सिल गाउँपालिका–३ अन्तर्गत रहेको राष्ट्रिय वन क्षेत्रको कुल ८० हेक्टर जग्गामा रहेको रुख कटानका लागि समेत अनुमति दिइएको थियो ।

Navadurga sun
Godawari sandesh

४० किलोमिटर रहेको डोटी क्षेत्रमा वन मन्त्रालयबाट अनुमति पाएसँगै ट्र्याक खोल्ने कामको सुरुवात भएको सेती राजमार्ग आयोजना प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

“दुई किलोमिटर ट्र्याक खोल्ने काम भएको छ,” आयोजना प्रमुख चन्दले भने,“अहिले डोटी क्षेत्रमा युद्धस्तरमा काम हुँदै छ । बर्सातको समयमा पनि त्यस क्षेत्रमा काम हुने छ ।”

Couple
Loading...