भाषा नसमेटिंदा राना थारु समुदायको आपत्ति, भोली धनगढीमा प्रदर्शन

धनगढी,२७ भदौ- भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै सो समुदायले आपत्ति जनाएको छ ।

नेपाल राना थारु महासंघ लगायत राना थारु समुदायसंग सम्बन्धित विभिन्न संघ संस्थाले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । आयोगले कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रैथाने समुदायको पहिचान मेटाउन खोजेको राना थारु समुदायको आरोप छ।

भाषा आयोगले प्रतिवेदन सच्याएर राना थारु भाषालाई पनि कामकाजी भाषाको रुपमा उल्लेख गर्नु पर्ने महासंघका अध्यक्ष कृपाराम रानाले बताए । आयोगले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई सरकारी कार्यालयमा कामकाजी भाषाको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

राना थारु समुदायको पहिचानलाई आयोगले मेटाउन खोजेको भन्दै राना थारु समुदायले आन्दोलन गर्ने निर्णय गरेको छ । आयोगको कदमविरुद्ध भोलि धनगढीमा प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...