गोदावरी १० मा भोली निःशुल्क आँखा शिविर सञ्चालन हुने

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर वडा नं. १० स्थित श्री जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने जनाइएको छ ।

गोदावरी नगरपालिका १०,११,१२ र ३ का सम्पुर्ण आँखाको समस्य भएका आमाबुवा जाजुभाईहरुलाई शिविरमा उपस्थिति भइ सेवा लिन हुन वडा नं. १० वडा अध्यक्ष  रबिन्द्र शाही गुडडुले फेसबुक मार्फत अनुरोध गरेका छन् ।

Navadurga sun

शिविर भोली १७ गते शनिबार बिहान ९:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सञ्चालन हुनेछ । शिविरमा आँखाको सामान्य परीक्षण, औषधोपचार तथा मोतिविन्दु रोग पहिचान गरी आवश्यक परेमा गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ।

आयोजक पक्षका अनुसार, आँखाको समस्या भएका नागरिकहरूको सहजिकरणका लागि टोलटोलबाट ल्याउने गाडीको पनि व्यवस्था गरिएको छ । साथै, प्रत्येक बिरामीसँग अनिवार्य रूपमा एक जना अभिभावक उपस्थित हुनु पर्ने जानकारी दिइएको छ।

शिविरको आयोजना गोदावरी नगरपालिका वडा नं. १० ले गरेको हो भने प्राविधिक सेवा नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले प्रदान गर्नेछ। आयोजक गोदावरी नगरपालिका वडा नं. १० वडा अध्यक्षा रबिन्द्र शाही गुडडुले आँखासम्बन्धी समस्या भएका सबै नागरिकहरूलाई यो अवसरको लाभ लिन आफ्नो फेसबुक मार्फत आग्रह गरेका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...