खुटिया नदीको धार परिवर्तनको बारेमा नगरप्रमुख साउँदद्वारा स्थलगत अनुगमन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ मा पर्ने खुटिया नदीले आफ्नो धार परिर्वतन गर्दा स्याउले बजार लगायतका क्षेत्रहरु उच्च जोखिममा परेको छ । पछिल्लो समय देशभरी भएको बर्षा कारण बिभिन्न क्षेत्रहरु बाढी पहिरोबाट प्रभाबित समेत हुँदै गएको हो ।

Dadeldhura hospital

उक्त क्षेत्रमा नदिले धार परिर्वतन गरेको खबर नगरपालिकामा समिक्षा पुगेपछि नगरप्रमुख हरिसिह साउद लगायतको टोली स्थलगत अनुगमन तथा निक्षिणका लागि उक्त ठाउँमा पुगेको हो । नदिले धार परिर्वतन गरेको क्षेत्रको स्थलगत निरिक्षण गर्दै नगरप्रमुख साउदले यो नदि गोदावरी नगरपालिकाको ठुलो नदि भएको बताए । नगर प्रमुख साउँदले भने यो नदिको समस्या बर्षौ बर्षदेखि देखा परेकोले यसलाई मध्यनजर गरेर अगाडी बढाउने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

हाटखोली बन्देगाडा र स्याउले बजार लगायतका जनतालाई कसरी जोगाउन सकिन्छ । यसको दिर्घकालिन पालान गरेर, यस क्षेत्रको तटिय व्यवस्थापनमा जोड दिने बताए । नदी नियन्त्रयणका लागि नगरपालिकाले गुरुयोजना बनाएर काम अगाडी बढाई रहेको छ । त्यसमा यो क्षेत्र बढी जोखिममा रहेकाले पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्ने छ । तत्काल नदिले धार परिर्वतन गरेको ठाउमा नदी नियन्त्रणका लागि तटबन्धन गर्ने कार्यलाई अगाडी बढाउने नगरप्रमुख साउदले बताए ।

यो खुटिया नदी उत्तरतर्फको अग्लो क्षेत्रबाट आउने भएकाले बर्षाका कारण पानीको बहाव बढ्दा बस्तीतर्फ कटान गरिरहेको वडाध्यक्ष नरेश अधिकारीले बताए । पुनः फेरी बाढी आएपछि वडा नं. ८ को स्याउले बजार पूणर् रुपमा प्रभाबित हु्नुका साथै बजार क्षेत्रका घर डुबानमा पर्ने समेत उनले बताए । यसमा वडाको तर्फबाट हुने सहयोग पुणर् रुपमा हुने भएकोमा नगरपालिकाले ध्यान दिनु जरुरी रहेको बताए । स्थलगत अनुगमन तथा निरिक्षणमा नगरप्रमुख वडाध्यक्ष र बिभिन्न सरोकार निकायका प्रतिनीधीहरु समेत रहेका थिए ।

Loading...