कैलालीमा विद्यालय सञ्चालन गर्ने प्रशासनको निर्णय

अत्तरिया, १७ भदौ- विद्यालयले चाहेमा सञ्चालन गर्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीले निर्णय गरेको छ ।

Dadeldhura hospital

बिहीबार जिल्ला प्रशासन कैलालीलेको बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्दप्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका छन् । बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ । ‘सकभर भर्चुल माध्यायममा पढाई सञ्चालन गर्नुपर्ने । यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने छ ।’ आदेशमा उल्लेख छ ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । बैखाख देखि विद्यालय सञ्चालन हुन नसक्दा पढाई पूर्ण रुपमा प्रभावित भएको छ ।

Loading...