कैलाली अदालतमा छ महिनामा महिलाद्वारा २५५ सम्वन्ध बिच्छेदका मुद्दा दर्ता

अत्तरिया- कैलाली जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८१\०८२ को साढे छ महिनामा महिलाहरुद्वारा सम्बन्ध बिच्छेदका दुई सय ५५ मुद्दा दर्ता भएका छन्।

कैलाली जिल्ला अदालतका श्रेस्तेदार चेतराज पन्तका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ १७ सम्म ती सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएका हुन् । चालु आर्थिक वर्षको सुुरुका साढे महिनामा दर्ता भएका सम्वन्ध बिच्छेदका मुद्दाको संख्या अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा महिलाद्वारा दर्ता भएका सम्वन्ध बिच्छेदका मुद्दा भन्दा एक सय ७८ ले मात्र कमी हो ।

Navadurga sun
Godawari sandesh

अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा महिलाहरुद्वारा चार सय ३३ सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षमा दर्ता भएका मुद्दा मध्य एक सय १३ सम्वन्ध बिच्छेदका मुद्दाको जिम्मेवारी सरेर चालु आर्थिक वर्षमा आएको थियो । श्रेस्तेदार चेतराज पन्तका अनुसार चालु आवमा दर्ता भएका र अघिल्लो आर्थिक बर्षका जिम्मेवारी सरेका मध्य दुई सय २३ सम्वन्ध बिच्छेदका मुद्दाको फैसला भएको छ । एक सय ४५ मुद्दाको फैसला हुन बाँकी छ ।

Dadeldhura hospital

चाल आवकै शुरुका साढे छ महिनामा पुरुषह्द्धरा सम्बन्ध बिच्छेदका एक सय एक मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमाबाट जिम्मेवारी सरेका ६० र नया दर्ता भएका मध्य ६० मुद्धाको फैसला भएको छ भने एक सय एक मुद्दा फैसला हुन बाँकी रहेका छन् । मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यसपछि पुरुषहरुले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने थालेका हुन् ।

गत आर्थिक वर्ष २०८०\०८१ मा महिलाहरुद्वारा चार सय ३३ मुद्दा दर्ता गरेका थिए, भने अघिल्लो आर्थिक वर्ष दर्ता भएका एक सय २८ मुद्दाको जिम्मेवारी सरेको थियो । त्यस वर्ष चार सय ४८ मुद्दा फैसाला भएका थिए, भने एक सय १३ मुद्दा फैसला हुन बाँकी रहेको थियो । यसै अवधिमा पुरुषका एक सय १९ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष ९४ मुद्दा जिम्मेवारी सरेर आएकोमा एक सय ५३ मुद्दा फैसला भएका थिए, भने ६० मुद्दा फैसला हुन बाँकी रहेका थिए । आर्थिक वर्ष २०७९\०८० मा महिलाहरुद्वारा तीन सय ६८ मुद्दा दर्ता गरेको मध्य अघिल्लो आर्थिक वर्ष दर्ता भएका एक सय १८ मुद्दाको जिम्मेवारी सरेको थियो । त्यस वर्ष तीन सय ५८ मुद्दा फैसाला भएकोमा एक सय २८ मुद्दा फैसला हुन बाँकी थियो ।

यस अवधिमा पुरुषका एक सय २२ मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्ष ९८ मुद्दा जिम्मेवारी सरेर आएकोमा एक सय २६ मुद्दा फैसला भएका थिए । भने ९४ मुद्दा फैसला हुन बाँकी रहेको थियो । गत आर्थिक वर्ष २०७८\०७९ मा महिलाहरुद्वारा दुई सय ४७ मुद्दा दर्ता भएको थियो । भने अघिल्लो आर्थिक वर्ष दर्ता भएका एक सय ८५ मुद्दाको जिम्मेवारी सरेका थिए । त्यस वर्ष तीन सय १४ मुद्दा फैसाला भएकोमा एक सय १८ मुद्दा फैसला हुन बाँकी रहेको थियो ।

यसै अवधिमा पुरुषको एक सय २३ मुद्दा दर्ता भएको थियो । अघिल्लो आर्थिक वर्ष ५२ मुद्दा जिम्मेवारी सरेकोमा ७७ मुद्दा फैसला भएका थिए, भने ९८ मुद्दा फैसला हुन बाँकी रहेको थियो । श्रेस्तेदार पन्तले श्रीमानले मानवजन्य व्यवहार नगरेका कारणले गर्दा नै सम्बन्ध बिच्छेदका मुद्दाहरु बढेको बताए । पुरुषले अरुसँग नाजायज सम्बन्ध राखेकाले पनि मुद्दा दर्ता गर्ने क्रम बढेको उनले बताए । पुरुषले धेरै जस्तो पारिवारिक जिम्मेवारी पूरा नगरेका कारणले गर्दा पनि मुद्दाको संख्या बढेको उनको भनाइ छ ।

Loading...