नेताहरुको ध्यान रेमिट्यान्सबाट तलव भत्ता खानमा मात्रै केन्द्रित छ : बिप्लव

धनगढी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले शिर्ष नेताहरुको ध्यान युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउनु भन्दा बिदेश पठाउने र उहाँहरुबाट आउने रेमिट्यान्सबाट तलव भत्ता खानमा मात्रै केन्द्रित भएको बताएका छन् ।

धनगढीमा आयोजित एकिकृत जनक्रान्ती जिन्दावाद समसामयिक बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिठा नारा दिएर मात्रै देशमा सम्बृद्धी नआउने दावी गरे । नेताहरु मिठा भाषण गर्नुहुन्छ, हामी सम्बृद्धी ल्याउँछौँ भन्नुहुन्छ तर दैनिक हजारौँ युवाहरु बिदेश पलायन भइरहेका छन् उनले भने “देशमा सम्बृद्धी ल्याउनका लागी सबै भन्दा पहिला आत्मनिर्भर बन्नुपर्छ तर शिर्ष पार्टीका नेताहरु फ्रि भिषा, फ्रि टिकट देखी बिदेश जान बिना धितो श्रृण सम्मका कार्यक्रम ल्ययाउनुहुन्छ, यसले बिदेश पलायन रोकिनुको सट्टा बिदेश जान थप प्रोत्साहन गरिरहेको छ ।”

Navadurga sun

अहिले १२ कक्षा पास गर्ने बित्तिक्कै पढ्दै काम गर्दै भन्ने नारा सहित बिदेश जाने लहर चलेको छ उनले भने “प्राबिधिक बिज्ञता हासिल गर्न बिदेश जानु ठिक हो तर यो खालको लहर ठिक होइन, यसले देशमा कुनै सम्बृद्धी ल्याउँदैन मात्र, नेताको तलव भत्ता आउने माध्यम मात्रै बन्ने छ, त्यस कारण यो लहर रोक्नुपर्छ, १२ कक्षा पास भए लगत्तै बिदेश जान बन्देज लाउनुपर्छ, सके देशमै आत्मनिर्भर हुने वातावरण श्रृजना गर्नुपर्छ ।” अहिलेदेखीनै आत्मनिर्भर अभियान थाले बिदेश पलायन बिस्तारै रोकिने र अबको २० बर्ष भित्र नेपाल आत्मनिर्भर बन्ने उनको भनाई थियो ।

महासचिव चन्दले देशमा आर्थिक बिकास नहुनुको मुख्य कारण राजनितिक अस्थिरता रहेको बताए । छिमेकी देशमा १५ बर्ष एउटैले सत्ता चलाइरहेका छन्, हाम्रो देशमा ६ महिना बर्षदिनमा सरकार ढल्छ उनले भने “एउटा सरकारले बनाएका निति अनी नियुक्त गरेका कर्मचारीले काम गर्न नपाउँदै घर जानुपर्ने हुन्छ, त्यो अर्बौँ लगानी खेर जान्छ, फेरी अर्को सरकार बन्ने र लगानी मात्रै खेर जाने परम्पराको अन्त्य गर्नुपर्छ, देशमा राजनितिक स्थायित्व भए मात्रै आर्थिक सुधार हुन्छ ।”

चन्दले हल्लाका पछाडी दौडिने जमात बढेको टिप्पणी गरे । काम गर्ने तथा त्यसको दिगो प्रभाव पार्ने खालको एजेण्डा भन्दा हल्लाका पछी जमात जाँदा भविश्यमा समस्या पर्ने उनको भनाई थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...