अत्तरियामा तपाईको मास्क खोई ? अभियान

अत्तरिया, १० भदाै– कोरोना संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य गर्न प्रहरीले मास्क अभियान थालेको छ । प्रहरीको अभियानमा अत्तरिया युवा क्लवले पनि साथ दिएको छ । क्लवका अध्यक्ष दिपिन साँउदका अनुसार प्रहरीको समन्वयमा सुदूरपश्चिम प्रदेशको प्रदेशमुकाम अत्तरियामा सडकमा मास्क नलगायर हिड्नेहरुलाई निशुल्क मास्क वितरण गरेको हो ।

Dadeldhura hospital

प्रहरी र क्लवका पदाधिकारीहरु मिलेर बटुवा, व्यापारी र यात्रुहरुलाई मास्क वितरण गरेको हो । उनले यस अभियानमा सम्पूर्णलाई साथ दिन सबैलाई आग्रह गरे ।

Navadurga sun
Godawari sandesh

मास्क वितरण कार्यक्रममा क्लवको पदाधिकारीहरु, क्षेत्रिय ट्राफिक कार्यालय अत्तरियाका इन्सपेक्टर गेणश राज उप्रेति, इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख एवं डिएस प्रेम शाही लगायत सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । ३५ सय बढी मास्क वितरण गरेका क्लवले जनाएको छ । नेपाल प्रहरीले देश भर तपाईको मास्क खोई अभियान सञ्चालन गरेको छ ।

Loading...