लागुऔषधसहित तीन युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। कञ्चनपुरको महेन्द्रनगरबाट लागुऔषधसहित तीन युवक पक्राउ परे। भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित होटल ओपेरा पछाडि खोपाछाप्राबाट तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Dadeldhura hospital

लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा खोका छाप्रामा बस्ने २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्र बहादुर सुनार र बेदकोट नगरपालिका–७ सुडाका २१ वर्षीय नबिन डगौँरा छन्।

खोपा छाप्रामा चेकजाँच गर्दा घरभित्र जमिनमा खाल्डो खनी माटो मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा फेनारगन ३९ पिस, एम्पुल र रेक्सजेससिक ४२ पिस र लागु औषधमा प्रयोग गर्नको लागि प्रयोग हुने सिरिञ्ज ३ पिस बरामद गरिएको प्रहरीले जनाएको छ।

 

Loading...