लागूऔषधसहित एक किशोर पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकमा कोठा गरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

किशोरलाई ६०१ मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...