


धनगढी- कैलालीको भजनीबाट भन्सार छलीको हरियो खुर्सानी र माछा बरामद गरिएको छ ।



भजनी नगरपालिका–३ ठेकीपुर र भजनी नगरपालिका–७ चर्राबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५० हजार बराबरको हरियो खुर्सानी, माछा बरामद गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले खुर्सानी र माछा बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।





