ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

अछाम- अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन् । यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा घाइते भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उक्त दुर्घटनामा घाइते भएकामध्ये निधार, कम्मर र खुट्टामा चोट भएका दिनेश रिमाल र टाउको र घाँटीमा चोट लागेको धने टमट्टालाई थप उपचारका अन्यत्र लगिएको र अन्यको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । ढकारीको चाइराबाट परालसहित ११ जना सवार सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना भएको हो ।

पराल बोकेर आइरहेको ट्याक्टर राउलासैनको मोडमा पछाडिको ट्राली पल्टिएर दुर्घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

ट्याक्टरमा सवार रहेका अन्य चार जना भने सकुशल रहेको भण्डारीको भनाइ छ । दुर्घटना भएको ट्याक्टरका चालक सोही गाउँपालिका–१ का २९ वर्षीय लोकबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Loading...