ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते






धनगढी– खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा मंगलबार ४ जना घाइते भएका छन्। कैलालीको टीकापुर नगरपालिका-१ मा स्थानीय जनक बिष्टको घरको भान्छा कोठामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा उनी सहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार आगलागी हुँदा घर धनी बिष्टसहित २८ वर्षीया उनकी श्रीमती बबिता बिष्ट, ३ वर्षीय छोरा जेनेल बिष्ट र घरमा सहयोगीका रुपमा कार्यरत ४५ वर्षीय हरी चौधरी घाइते भएका हुन्। उनीहरूमध्ये घर धनी बिष्टको अवस्था मध्यम रहेको छ भने अन्य तीन जनाको अवस्था सामान्य छ। घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ।



