नेपाली सेनाको ट्रकले ठक्कर दिएर घाईते भएकी एक किशोरीकाे उपचारका क्रममा मृत्यु

अत्तरिया, २८ साउन- कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा घाईते भएका तीन जना मध्ये एक किशोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नं. ८ स्याउले बजारमा सेनाको गाडीले ठक्कर दिँदा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका वडा नं.११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।

Navadurga sun
Godawari sandesh

त्यस्तै दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि गम्भीर रहेकाे छ।

बुधबार साँझ प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

Loading...