फेसबुकमा अब फोटो-भिडियो ट्रान्सफर गर्न झनै सजिलो
एजेन्सी– प्रयोगकर्ताका डाटा सुरक्षाको विषय फेसबुकका लागि सदैव टाउको दुखाइको विषय बन्दै आएको छ। फेसबुकले वर्षौंदेखि प्रयोगकर्ताहरुलाई आफ्ना डाटा ट्रान्सफर तथा डाउनलोड गर्ने सुविधा प्रदान गर्दै आएको छ । हाल आएर फेसबुकले यो सुविधालाई झनै सहज बनाउँदै दुईवटा नयाँ विकल्प थप गरेको छ ।

फेसबुकले प्रकाशित गरेको नयाँ ब्लग पोस्ट अनुसार थप भएका दुई नयाँ थर्ड पार्टी फिचर्सले प्रयोगकर्तालाई आफ्ना डाटाको कपी फेसबुकबाट अन्यत्र सार्नका लागि थप सहज हुनेछ । फेसबुकमा थप गरिएका दुई नयाँ फिचर अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले आफ्ना फेसबुकका सबै फोटोहरुलाई Photobucket मा ट्रान्सफर गर्न सक्नेछन् ।

Navadurga sun
Godawari sandesh

फोटोबकेट भनेको फोटो तथा भिडियो स्टोरेज गर्ने अमेरिकी कम्पनी हो । यसले हालसम्म आफ्ना प्रयोगकर्ताका १० अर्बभन्दा धेरै तस्वीरहरु भण्डारण गरिसकेको छ । यो प्लाटर्फमका १० करोडभन्दा धेरै दर्तावाल सदस्य छन् । फेसबुकले यसअघि नै प्रयोगकर्ताले आफ्ना फेसबुकमा अपलोड भएका फोटोहरु गुगल फोटोज, ड्रपबक्स, ब्लगर, वर्डप्रेसलगायतका अन्य एपहरुमा समेत स्थानान्तरण गर्न सक्ने फिचर उपलब्ध गराइसकेको छ ।

Dadeldhura hospital

त्यस्तै फेसबुकले थप गरेको नयाँ डाटा ट्रान्सफर फिचर अनुसार अब फेसबुक प्रयोगकर्ताले फेसबुकका आफ्ना इभेन्ट डाटाहरु गुगल क्यालेन्डरमा स्थानान्तरण पनि गर्न सक्नेछन् । यो सँगै अब फेसबुकका तिथिमितिहरु गुगल क्यालेन्डरमा सुरक्षित हुनेछन् र आफ्नो कार्यतालिका व्यवस्थापन झनै सहज हुनेछ ।

ब्लग पोस्टमा फेसबुकका प्रडक्ट म्यानेजर हइदी माइकलले भनेका छन् – मानिसहरुलाई आफ्नो डाटामाथि नियन्त्रण तथा छनोट प्रदान गर्नका लागि हामीले हाम्रो डाटा पोर्टेबिलिटी टूललाई जरैदेखि पुनःनिर्माण गर्नका लागि पछिल्ला केही महिना खर्चिएका छौँ । फेसबुकमा प्रयोगकर्ताले आफ्ना डाटा ट्रान्सफर गर्ने नयाँ टूल सजिलो तथा सहजै बुझ्न सकिने खालको छ ।

प्रयोगकर्ताहरुले अब कुन कुन डाटाहरु कहाँ ट्रान्सफर गर्ने भन्ने कुरामा बढी पारदर्शिता तथा नियन्त्रण प्राप्त गर्ने उनले बताए । साथै प्रयोगकर्ताले एक ठाउँमा एकैपटकमा मल्टिपल डाटा ट्रान्सफर गर्न सक्नुका साथै स्थानान्तरण गर्ने डाटाहरु अझै सहजताका साथ छनोट वा फिल्टर गर्न सक्दछन् ।

फेसबुकका प्रोडक्ट म्यानेजर माइकलले भनेका छन् : फेसबुकमा हामी प्रयोगकर्तालाई उनीहरुले विश्वास गर्न सक्ने सुरक्षित डाटा स्थानान्तरण फिचर्स उपलब्ध गराउने काममा निरन्तर खटिरहेका छौँ । साथै ट्रान्सफर गर्न सकिने डाटाहरु तथा ट्रान्सफर गर्न सकिने ठाउँको दायरा विस्तारका लागि पनि हामी डेभलपरहरुसँग काम गरिरहेका छौँ ।

Loading...