सेती प्रयोगशालामा २४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु





अत्तरिया : शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २४ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ । उक्त प्रयोगशालामा १२१ नमूनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


यस्तै ९७ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जनाको मृत्यु भएको छ । हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत छन ।



