सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावन

अत्तरिया- सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ ।

नेपाली कांग्रेस संसदीय दलले औपचारिक निर्णय गर्न बाँकी रहे पनि मुख्यमन्त्रीमा उनको सम्भावना बढी रहेको जनाइएको छ । यस विषयमा भोलि (शुक्रबार) दिउँसो २ बजे दलको बस्ने बैठकले अन्तिम टुङ्गो लगाउने नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“अबको मुख्यमन्त्री माननीय प्रकाशबहादुर देउवा जी हुने लगभग निश्चित नै हो, तर यो निर्णय चाहिँ होइन”, उनले भने, “भोलि (शुक्रबार) बस्ने संसदीय दलको बैठकले सबै कुराको टुङ्गो लगाउने छ ।”

सङ्घमा सत्ता साझेदारीमा भएको फेरबदलसँगै सुदूरपश्चिम प्रदेश पनि नयाँ सरकार गठनको बाटोमा अगाडि बढ्दैछ । नेकपा (एमाले) ले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबारै प्रदेश सभाबाट विश्वासको मत लिँदै छन । अल्पमतमा परेको देखिएका उनले विश्वासको मत पाउन नसकेमा भोलिबाट स्वतः उनी नेतृत्वको सरकार ढल्नेछ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बिच यो प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट बनाउने सहमति भएको छ । पूर्व मुख्यमन्त्री कमलबहादुर शाहसहित नेपाली कांग्रेसका चार जना मुख्यमन्त्रीको दौडमा रहनुभएको छ । पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवा, कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह थापा र कञ्चनपुरबाटै निर्वाचित दिवानसिंह विष्ट मुख्यमन्त्रीको आकाङ्क्षी छन् ।

Loading...