तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन, क-कसले पाए नयाँ नियुक्ति ?

काठमाडौँ- सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

जस अनुसार वाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्ण बहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारले तयारी गरेको छ ।

Navadurga sun
Godawari sandesh

सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका यादव चन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट हुन् । यस्तै लुम्बिनी प्रदेशमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । उनीहरू पनि अब हट्ने भएका छन् ।

Couple
Loading...