गोदावरी नगरपालिका भित्रका ३ वडामा पोषण कार्यक्रम शुभारम्भ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका भित्र विभिन्न वडामा पोषण कार्यक्रम शुभारम्भ भएको छ । केयर नेपाल, आइडीई नेपाल तथा याक नेपाल र गोदावरी नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा नगरभित्र लक्षित क्षेत्रहरूमा सीमान्तकृत वर्ग, महिला, पीछडिएको क्षेत्रमा रहेका जनतालाई लक्षित गरी १० महिनाका लागि पहिलो चरणमा कार्यक्रम शुभारम्भ भएको याक नेपालका कार्यकारी निर्देशक डबल बमले बताएका छन्।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको सभापतित्चमा संचालित कार्यक्रममा उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, सवै वडा अध्यक्ष तथा प्रतिनिधि , स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी लगायत बिभिन्न शाखाका प्रमुख, सरोकारवाला निकाय तथा साझेदारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमको संचालन भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा पालिका भित्रका सबै जनताले पोषणयुक्त खानेकुरा नपाएका बस्ती तथा ठाउँमा पालिका सँगै दातृसंघ सस्थाको सहयोगमा सबै जनतालाई पोषणयुक्त खानेकुरा दिलाउनमा सहयोग पुग्ने नगर प्रमुख भट्टले बताए । आगमी दिनमा सबै वडामा लागु गर्नका लागि पहल गर्ने समेत उनले बताए ।

Dadeldhura hospital

गोदावरी नगरपालिका भित्र कुपोषणमा परेका र सिमान्तक्रित बस्तीहरुमा पोषण कार्यक्रम लागू भएको छ । यस पालिकामा पोषण तथा खाद्ध सुरक्षा निर्देशन समिति र सरोकार वाला निकायहरुको उपस्थितिमा वडा न. ९ र वडा न ११/१२ छनौट गरीएको छ ।

पोषण कार्यक्रम संचालनका लागि वडा न. ९,११ र १२ लाई सामुहिक रुपमा छनौट गरी स्वास्थ्यसंस्थाहरुमा गोदावरी आधारभूत स्वास्थ्य केन्द्र कोल्मुडामा र बेलादेवीपुर आधारभूत स्वास्थ्य केन्द्रलाई छनौट समेत गरेका छन ।

कुपोषण न्यूनीकरण गर्न र गोदावरी नगरपालिका भित्र कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको र बिगतका बर्षमा पनि आमा र नवजात शिशुको लागि पोषण युक्त समाग्री बितरण गराउदै आएको जानकारी नगर उप प्रमुख शारदा देवी रोकायाले बताएकी छन ।

ज्ञानेन्द्र कुमार खड्काले कार्यक्रमको सञ्चालन गरेका थिए भने याक नेपालका कार्यकारी निर्देशक डबल बमले स्वागत मन्तब्य सँगै कार्यक्रमको बिषय बस्तु तथा के कसरी थप पोषणको कार्यक्रम संचालन गर्ने बारे जानकारी दिएका थिए ।

Loading...