स्कूल बस दुर्घटनामा आमा-छोराको मृत्यु

पोखरा- पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमा-छोराकै मृत्यु भएको छ । दुर्घटनामा पोखरा-१७, विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

आरती छोरालाई पनि साथै लिएर अन्य विद्यार्थी हेरचाहका लागि बस चढेकी थिइन् । दुर्घटना स्थलबाट उद्धार गरी उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकामा डाक्टरले आमालाई बिहान ९ :४१ बजे र यसको १ घण्टापछि छोरालाई पनि बिहान १० : ४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा-२१, गुड्कु भन्ने भित्री सडकबाट बिहान पौने ९ बजेतिर ५० मिटर तल खस्दा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । सो बसमा चालकसमेत ३० जना थिए ।

बाँकी सबै घाइते भएका छन् । उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...