कैलालीमा सम्बन्ध बिच्छेदका लागी निवेदन दिने पुरुषको संख्या बढ्दो

धनगढी- सम्बन्ध बिच्छेदका लागी पुरुषले समेत निवेदन दिन पाउने ब्यवस्था भएपछि कैलाली जिल्लामा सम्बन्ध बिच्छेदका लागी निवेदन दिने पुरुषको संख्या बढेको छ ।

Dadeldhura hospital

आर्थिक वर्ष २०७९/०८० मा कैलाली जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागी ७०३ मुद्दा दर्ता भएका छन् । जसमध्ये महिलाले ४७६ र पुरुषले २२७ मुद्दा दर्ता गरेका छन् । यस्तै गत आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका थप ६३८ मुद्दा दर्ता भएका छन्। जसमा ४२६ मुद्दा महिलाले दर्ता गरेका छन् भने २१२ मुद्दा पुरुषले दर्ता गराएका छन् । 

Navadurga sun
Godawari sandesh

आर्थिक वर्ष २०७६/०७७ देखि चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका २ हजार ३६० मुद्दा जिल्ला अदालत कैलालीमा दर्ता भएका छन् । जसमध्ये एक हजार ६ सय ३८ मुद्दा महिलाले दर्ता गरेका छन भने ७२२ मुद्दा पुरुषले दर्ता गराएका हुन् । सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ । जिल्लामा सम्बन्ध विच्छेदको समस्या विकराल बन्दै गएको छ।

जिल्लामा सम्बन्ध बिच्छेदका लागी पाँच वर्षको अवधिमा दुई हजार तीन सय ६० मुद्दा दर्ता भएका छन् । ती मध्ये १ हजार ६३८ मुद्दा महिलाले दर्ता गरेका हुन् भने ७२२ थान मुद्दा पुरुषले दर्ता गरेका हुन् ।

Loading...