एन्फा विवाद समाधानका लागि राखेपलाई छानविनको जिम्मा दिइयो

काठमाडौं, १९ साउन- युवा तथा खेलकुद मन्त्रालयले फुटबल विवाद छानविनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानविनका लागि मन्त्रालयलाई गरेको आग्रहपछि मन्त्रालयले गुनासो छानविन गरि समस्या समाधानको उपाय सहित  समाधानका लागि प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

मन्त्रालयका सचिव केदार न्यौपानेले फुटबलमा देखिएको विवाद छानविन गरि समाधानको उपाय सहित प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएका हुन्। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गका कारण आफुले राजीनामा दिने घोषणा गरेका थिए। प्रशिक्षकले वरिष्ठ उपाध्यक्षले केही हप्तादेखि आफुलाई काम गर्न नदिएको आरोप लगाएका थिए।

Navadurga sun
Godawari sandesh

आफुमाथि गम्भिर आरोप लागेपछि नेम्वाङ्गले छानविनका लागि एन्फामा निवेदन दिएका थिए। लगत्तै प्रशिक्षकले समेत दुई पत्रकार सहित वरिष्ठ उपाध्यक्षमाथि छानविनका लागि निवेदन दिएका थिए।

Couple
Loading...