रोल्पा जिप दुर्घटनामा नाबालक सहित ७ जनाको मृत्यु, ८ जना घाइते

बुटवल- रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक सहित ७ जनाको मृत्यु भएको छ ।  पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो । 

माडी गाउँपालिका वडा नं. ४ घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ बस्ने वर्ष ७७ का खडक बहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Dadeldhura hospital

यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङ निवासी ७० वर्षीय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ । तर, ती महिलाको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ ।

अस्पताल रिफर हुनेमा माडी गाउँपालिका २ घर्तीगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढामगर, वर्ष ४२ की बरमाली घर्ती, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढामगर, परिवर्तन गाउँपालिका–२ नाफे वर्ष ४५ का दीपक थापा (चालक), गंगादेव गाउँपालिका–७ का  ५० वर्षीय नैनसिंह पुन र माडी गाउँपालिका–३ दाबाङका वर्ष ४० की दिल कुमारी बुढा मगर रहेका छन् । 

रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन् । पानी परेका कारणले उद्धार समस्या भएको छ ।  घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले बताए ।

Loading...