विक्रम नाथ बने सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको ‘वर्ष युवा खेलाडी’

धनगढी- सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड अन्तर्गत ‘वर्ष युवा खेलाडी’ विधाको उपाधि एथलेटिक्सका विक्रम नाथले जितेका छन्।

यस विधामा एथलेटिक्सका विक्रम नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा परेका थिए।

Navadurga sun

विक्रम नाथले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दुई स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै, सुशील चुनाराले १८ वर्षको उमेरमै मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाउँदै टोलीको नेतृत्व गरेका थिए।

एथलेटिक्सकी संगीता विकले राष्ट्रिय यू–२० कीर्तिमान कायम गर्नुका साथै एसियाली यू–२० एथलेटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाएकी थिइन्।

अवार्ड ग्रहणपछि विक्रम नाथले खुसी व्यक्त गर्दै यस सम्मानले आगामी दिनमा अझ मेहनतका साथ उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...