सुदूरपश्चिमका अस्पतालमा बजेट अभाव हुँदैन : मन्त्री भाट

धनगढी- सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल) ले प्रदेशका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन् ।

मन्त्रालयमा बिहीवार आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री भाटले अस्पताललाई बजेट अभाव हुन नदिने र बजेट अभावकै कारण कुनै पनि अस्पतालमा औषधि, उपचार लगायत कर्मचारी व्यवस्थापनमा समस्या नहुने दाबी गरे ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै उनले महत्वपूर्ण कुराका रूपमा रहेको ओएन्डएमको विषय पनि प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले सो फाइल मुख्यमन्त्री कार्यालयमा पठाइएको बताउँदै क्याबिनेटबाट कुनै पनि हालतमा ओएन्डएम गराइछाड्ने जिकिर गरे । त्यस्तै उनले आगामी दिनमा आउनसक्ने विपद् जोखिमको पूर्व तयारीका लागि पनि प्रदेशका सबै अस्पताललाई तयारी गर्न निर्देशन दिएका छन् । जसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाई छ ।

सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरू सहभागी थिए । उनीहरूले प्रदेश सरकारको इतिहासमै सामाजिक विकास मन्त्रीले पहिलो पटक अध्यक्ष र मेसुहरूलाई बोलाएर सामूहिक छलफल गराएको भन्दै मन्त्रीको प्रशंसासमेत गरे ।

कार्यक्रममा उनीहरूले स्वास्थ्यकर्मीलाई दिनुपर्ने अतिरिक्त भत्ताको विषय पनि उठाएका छन् । सो विषय चाडै समाधान हुने र चिकित्सकलाई प्रोत्साहन भत्ता दिने कुरामा आफू प्रतिबद्ध रहेको मन्त्री भाटले जनाए ।

त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरूले आफ्नो र अस्पतालको सुरक्षाको विषय पनि महत्वपूर्ण रहेको कार्यक्रममा बताएका थिए भने सबै सुदूरपश्चिमका अस्पतालको स्तरवृद्धि गर्नुपर्ने सहभागी अध्यक्षहरूको भनाई थियो । त्यस्तै विपद्का लागि टिमहरू बनाएर तयारी थालिएको पनि अस्पतालहरूको दाबी छ ।

Loading...