पेस्तोल बोकेर गाउँमा तर्साउँदै हिन्ने युवक पक्राउ

बाजुरा- बाजुरामा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । मंगलबार बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ कालापानी बस्ने १८ वर्षीय कुबेर गिरि पक्राउ परेका हुन् ।

Dadeldhura hospital

गाउँ समाजमा झै झगडा गर्ने र साथमा हतियार (पेस्तोल) समेत बोकी गाउँ समाजमा अशान्ती फैलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

गिरिले घरमा लुकाई छिपाई राखेको अवस्थामा एक थान पेस्तोल सहित उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनलाई जिल्ला अदालत बाजुराबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

Loading...