


धनगढी- कैलालीबाट चेक अनादर र वन मुद्दाका २ जना फरार दोषी पक्राउ परेका छन् । बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ८ हजार ६ सय ५५ जरिवाना तोकिएको बर्दगोरिया गाउँपालिका–५ बस्ने ३६ वर्षीय महाबिर बि.क. र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४१ वर्षीय सोम बहादुर तामाङ पक्राउ परेका छन्।


जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।





