जोशीपुर जेसीजद्वारा वृहत् रक्तदान कार्यक्रम सम्पन्न




अत्तरिया, १४ साउन- कैलालीको जोशीपुरमा भएको वृहत् रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । बिहीबार जोशीपुर जेसीजको आयोजनामा भएको वृहत् रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । जुनसुकै बेला पनि रगत अभाव हुन सक्ने भन्दै जोशीपुर जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।



नेपाल रेडक्रस सोसाइटी टिकापुरको प्राविधिक सहयोगमा जोशीपुर गाउँपालिका वडा नं. १ जोशीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रगत अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जोशीपुर जेसिजले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । विभिन्न व्यक्तिहरूले रक्तदान कार्यक्रम सहभागी भएर रक्तदान गरेको जोशीपुर जेसिजका महासचिव जेसी धमेन्द्र विष्टले जानकारी दिए ।


जोशीपुर जेसीज अध्यक्ष केशवराज जोशीको सभापतित्वमा भएको वृहत् रक्तदान कार्यक्रमका प्रमुख अतिथिमा जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गीता कठरीया रहनु भएको थियो ।



