कञ्चनपुरमा २ लाख ७३ हजारको चिनी बरामद

Dadeldhura hospital

कञ्चनपुर, १४ साउन- कञ्चनपुरमा भारतबाट ल्याएको अवैध चिनी प्रहरीले बरामद गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका वडा नं. १ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको २ लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ४२ क्वीन्टल अवैध चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि चिनी ल्याउने व्यक्ति सहित गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

Loading...