लुम्बिनीमा अमिक र गण्डकीमा पृथ्वीमान प्रदेश प्रमुख नियुक्त (विज्ञप्ति सहित)




काठमाडौँ, १२ साउन- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेका छन् ।



राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ अनुसार उक्त नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।






