



अत्तरिया- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ समक्ष बझाङ निर्वाचन क्षेत्र १ (क) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ । निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आइतबार प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार प्रतिवेदन पेस गरिएको हो ।


वि.सं २०७९ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत वर्ष असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार दमन बहादुर भण्डारी विजयी भएका छन् ।





