अत्तरियाबाट ६४ वर्षीय व्यक्ति नियन्त्रणमा, बरामद मासु परीक्षणका लागि पठाइयो

बरामद मासु कुकुर, स्याल वा अन्य जनावरको हो भन्ने पुष्टि हुन बाँकी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरिया क्षेत्रबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। अत्तरिया बसपार्क पछाडिको एक होटलबाट ६४ वर्षीय सुरेश दमाईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले जानकारी दिए।

प्रहरीका अनुसार दमाईबाट बरामद गरिएको मासु परीक्षणका लागि पठाइएको छ। प्रारम्भिक सोधपुछका क्रममा दमाईले उक्त मासु कुकुरको नभई स्यालको भएको बताएका छन्। उनले मासु बिरामीका लागि ल्याएको दाबी गरेको प्रहरीले जनाएको छ।

Navadurga sun

यस घटनासँगै सामाजिक सञ्जालमा एउटा जनावरको मासु पोलेर पखाल्दै गरेको भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा देखाइएको जनावर र प्रहरीले बरामद गरेको मासुबीच सम्बन्ध भए–नभएको भने पुष्टि भइसकेको छैन।

बरामद गरिएको मासु कुकुर, स्याल वा अन्य कुनै जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि पठाइएको डीएसपी महराले बताए। परीक्षणको प्रतिवेदन आएपछि मात्र मासुको पहिचान स्पष्ट हुने प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...